0 COMMENTS

मुम्बई ११साउन०७४/ हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन् ।

एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन लागेको समेत खोलेकी छन् ।

पुनमको केही दिन अगाडि पनि एक भिडियो रिलिज भएको थियो । सो भिडियोमा उनी इन्डोनेशियन मोडलका साथ देखिएकी थिइन् । पुनम बोल्ड तसिबर पोष्ट गरेर सधै चर्चामा समेत रहने गरेकी छन् ।

उनले बताएको उनको धमाकेदार भिडियोले भने उनलाई कति चर्चा दिलाउने हो त्यो भने प्रतिक्षाको बिषय बनेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।