0 COMMENTS

रमिला बस्नेत ,उदयपुर, साउन ८/बालबालिकाको प्रतिभा, व्यक्तित्व र सुन्दरताका लागि यहाँ आयोजित लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगितामा सुधा राउतले लिटल प्रिन्सेस र सुविन खड्काले लिटल प्रिन्सको उपाधी जितेका छन् । क्यानभास एकेडेमी गाईघाटमा अध्ययनरत राउत र उदयसी बोर्डिङ स्कूल जलजलेमा अध्ययनरत खड्काले आफ्ना प्रतिभा, आकर्षक व्यक्तित्व र सुन्दरतालाई प्रस्तुत गरी उपाधी जित्न सफल भएका हुन् ।

ग्ल्यामरस नेपालद्वारा शनिबार गाईघाटमा आयोजित प्रतियोगितामा ब्वाईजतर्फ फस्ट रनरअप दिक्षित तामाङ (उदयसी बोर्डिङ¬), सेकेन्ड रनरअप सुशान राई (लालीगुरास बोर्डिङ) र थर्ड रनरअप अनिस अधिकारी (पुष्पाञ्जली बोर्डिङ) ले जितेका छन् भने गल्र्सतर्फ फस्ट रनरअप प्रिति राई (उदयसी बोर्डिङ), सेकेण्ड रनरअप स्मारिका चौधरी (उदयसी बोर्डिङ) र थर्ड रनरअफ प्रकृति तामाङ (पिसजोन एकेडेमी) ले जितेका छन् ।त्यसैगरी जुनियरतर्फ दिया खड्का (प्याराडाईज)ले लिटल प्रिन्सेस र सनम चामलिङ (पिसजोन एकेडेमी)ले लिटल प्रिन्सको उपाधी जितेका छन् । जुनियरतर्फको गल्र्समा फस्ट रनरअप आयुसा तामाङ (प्याराडाईज), सेकेण्ड रनरअफ गरिमा तिम्सिना (सगरमाथा मोडेल स्कूल) र थर्ड रनरअप सलिना श्रेष्ठ (प्याराडाईज बोर्डिङ) भएका छन् भने ब्वाईजतर्फ फस्ट रनरअफ सुधन राई (उदयपुर मनकामना बोर्डिङ) भएका छन् । बेस्ट कल्चरल ड्रेस अवार्ड ब्वाईजतर्फ सुशान राई र गल्र्सतर्फ रिमाबुङ राईले पाएका छन् । त्यस्तै प्रतियोगिहरु विभिन्न सब टाइटलबाट पनि पुरस्कृत भएका थिए ।

गल्र्सतर्फका विजेताहरुलाई ग्ल्यामरस नेपालकी सन्चालिका कविताज्वयल श्रेष्ठ, निर्णायक समाजसेवी रम्मि केसी, मोडल तथा कोरियोग्राफर लक्ष्मी समाल, ड्रेस डिजाईनर धना लिम्बु, लिटल प्रिन्सेस इटहरी–२०१२ की विजेता अन्जली श्रेष्ठ, मोडल अनुष्का कुमाल लगायतले ताज पहिरिदिनुका साथै शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो भने ब्वाईजतर्फका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसी, मूख्य निर्णायक कलाकार तथा निर्देशक पुकार भट्टराई, निर्णायकहरु समाजसेवी कुमार श्रेष्ठ, नायक प्रकाश घिमिरे, ग्ल्यामरस नेपाल संस्थापक अध्यक्ष आसिम ज्वयल श्रेष्ठ, मुख्य कोरियोग्राफर लक्ष्मणज्वयल श्रेष्ठ, पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङ, जेसीस अध्यक्ष अनुराग गुप्ता लगायत अतिथिहरुले भादगाउँलेटोपी, ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।प्रतिष्पर्धी बालबालिकाहरुले विभिन्न सांस्कृतिक पोशाकसहित राष्ट्रिय झण्डा बोकेर स्वागत गरेको कार्यक्रममा क्रमशः इन्ट्रोडक्सन राउण्ड, विभिन्न चरणका कोइसन–एन्सर राउण्ड लगायत विभिन्न स्विकेन्सहरु भएका थिए । बालबालिकाको आकर्षक क्याटवक, परिचय, प्रश्नोत्तर लगायतका प्रस्तुतीले आकर्षक बनेको कार्यक्रमलाई लोकप्रीय गायक श्रीकृष्ण लुइटेल (बोकेदारी)को प्रस्तुतीले झनै रौनकता थपेको थियो ।

विभिन्न सरकारी तथा नीजि विद्यालयहरुबाट छनौटमा परेका प्रतिष्पर्धीहरुलाई एक महिने बन्द प्रशिक्षण कार्यक्रममा सहभागि गराई विभिन्न विधामा प्रशिक्षण गराईएको थियो । उनीहरुलाई मोडलिङका साथै व्यक्तित्व विकास, आत्मविश्वास, अनुशासन, नैतिक जिम्मेवारी, बालअधिकार, पत्रकारिता, सुरक्षा, ट्राफिकसम्बन्धीको ज्ञान लगायत विभिन्न विषयमा प्रशिक्षित गरिएको मुख्य कोरियोग्राफर श्रेष्ठले बताउनुभयो । उनीहरुलाई बन्द प्रशिक्षणकैबीचमा बर्दीबासस्थित नमुना मुसहर बस्तीको अवलोकन भ्रमणसमेत गराइएको थियो ।
नेपालको अधिकांश जिल्लामा कार्यक्रम गर्दै आएको ग्ल्यामरस नेपालको यस किसिमको कार्यक्रमले बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउनुका साथै प्रतिभा र क्षमताको विकास भएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।