0 COMMENTS

काठमाडौं३०असार ०७४/ नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा नयाँ तथा पुराना सर्जकहरु आउने जाने क्रम जारी छ । यसै क्रममा पछिल्लो समयमा चर्चाको शिखर चुम्दै आउने एक लोक दोहोरीका हस्ती हुन् विदुर आपगाँइ उनी नेपाली बजारमा पछिल्लो समयमा चर्चामा रहेका छन् ।

पछिल्लो समयमा आएर नेपाली गीत संगीतको क्षेत्रमा भिज्दै कलाकारितामा लागेको लामो समयपछि फेरी उनी एकपटक उदाएका हुन् ।
पछिल्लो समय साकुरा मल्टिमिडिया हाउस प्रा.लि.को प्रश्तुतिमा रहेको विदुर आपगाईको नेपाली नारीहरुको महान् चाड हरितालीका तीजको अवसरमा सामाजिक यथार्थ परक गीत घरभाँडा श्रीमती लिएर बजारमा प्रश्तुत भएका छन् ।[view_video url=”dSHKBaDMYWw”]

जसले नेपाली समाजको सचित्र वर्णन मात्र नभएर एउटा घर श्रीमतीको भरमा राम्रो या नराम्रो कस्तो बनाउने भन्ने उसकै हातमा हुन्छ । त्यही श्रीमतीले घर विगार्दाको कुरालाई घरभाँडा श्रीमतीको रुपमा लिएर बजारमा आएका हुन् ।
सिन्धुली जिल्लाका बहुप्रतिभाका धनी गायक, सर्जक सिन्धुलीको ठिटो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव चर्चित गायक माधव थापाको लय तथा शब्द सिर्जनामा घरभाँडा श्रीमती बजारमा यति बेला चर्चामा छ ।
साकुरा मल्टिमिडिया हाउसले बजार व्यवस्थापन गरेको यो गीतमा चर्चित कलाकार माधव थापा र अंशु मगरको आवाज रहेको छ ।
यो गीतमा अर्जुन गिरी र सुस्मिता कार्कीको बेजोड अभिनय देख्न सकिन्छ भने छायाँकन करण चैसिरको रहेको छ । त्यस्तै प्रकाश भट्टले निर्देशन गरेको गीतको दृष्य निर्माण शाइ भिजन प्रा.लिले गरेको छ भने सम्पादनमा विष्णु शर्मा रहेका छन् । यो गीतको सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।