0 COMMENTS

DSC09865

—तीर्थराज अधिकारी

१.ऐना
ऐना आफैँ
कसैको चित्र कोर्दैन
सामुमा काला–गोरा
जस्ता रुपहरु उभिन्छन्
तिनलाई उही उही रुपको
उपहार मात्र दिन्छ ।

२.लिलिपुटहरु
लिलिपुटहरुलाई
सर्वोच्चताको सपना देख्न
कतै कुनै निषेध छैन
तर विडम्बना !
बिपनामा बिचरा ती
धरातलमै बिलाउँछन् ।

३.हलेदो र हात
हलेदो भनेर चिन्दा–चिन्दै
कोट्याउन थालेपछि
पहेँलपुर बनेको हातलाई
फेरि पखालेर पूर्ववत् तुल्याउन
समय केही खर्च हुन्छ ।

४.दोष कसको?
गर्मी छल्न
बटुवाले छाता उघार्दा
आसपासका कोही तर्सिन्छन् भने
दोष कसको ?
बटुवाको वा तर्सिनेको?

५.दृष्टि भ्रम
आफ्नै शिर चक्कराएको
भेउ नपाउनेले
कुनै पहाडलाई हे–यो भने
पहाड नै घुमेको भन्न सक्छ ।
सरस्वतीनगर –काठमान्डौँ–६

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।