0 COMMENTS

saron-अभिनेत्री सारोन स्टोनले ‘हार्पस बजार’ पत्रिकाका लागि ‘न्युड फोटोसुट’ गराएकी छिन् । पत्रिकाको सेप्टेम्बर अंकमा ५७ वर्षीया सारोनको तस्बिर ‘कभर’मा छापिने हार्पसबजारडटकमले जनाएको छ ।
सुन्दर देखिन आफू निर्वस्त्र भएको उनले बताएकी छिन् । ‘अहिलेसम्म मैले आफैँलाई बुझ्न सकेकी रहेनछु,’ उनले भनेकी छिन्, ‘एउटा यस्तो समय आउने रहेछ, जब तपाईंलाई आफू वास्तवमा के हुँ भन्ने थाहा हुँदो रहेछ ।’
सन् २००१ मा मस्तिष्काघातका कारण उनले लामो समय दु:ख पाइन् । त्यसलगत्तै भएको सम्बन्धविच्छेदका कारण पनि सारोनलाई ठूलो आघात पुग्यो । ‘तर, अब म बलियो भएकी छु,’ उनले भनेकी छिन्, ‘यसका लागि मैले मेहनेत गरेँ । यो फोटोसुट पनि मेरो मस्तिष्कले मलाई दिएको ज्ञानको उपज हो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।