0 COMMENTS

हामीले कहिलेकाहीँ एन्ड्रोइड डिभाइसको पिन, पासवर्ड या प्याटर्न लक भुल्न सक्छौं । यस्तो अवस्थामा हामीलाई निकै अप्ठेरो महसुस हुनसक्छ । तर केही यस्तो तरिका हुन्छ, जसलाई तपाईंले अपनाउनुभयो भने मोबाइलले काम गर्छ ।

यसको केही तरिका यस्तो छन् –
नयाँ एन्ड्रोइड ट्याबलेट अथवा स्मार्टफोनसँग जोडिएको ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ नामको एक सर्भिस हुन्छ । तपाईंले आफ्नो गुगल एकाउन्टसँग लग इन हुनुहुन्छ भने जुनसुकै डिभाइसबाट यो सेवाको फाइदा लिन सक्नुहुनेछ । त्यसैले आफ्नो गुगल एकाउन्टमा लग इन गर्नुहोस् ।
‘एन्ड्रोइड डिभाइस म्यानेजर’मा लगन इन गर्नुभन्दा अगाडी तपाईंको स्क्रिनमा लक बटनमा क्लिक गरी आफ्नो नयाँ पासवर्ड दिनुपर्छ । यसले पुरानो पासवर्डलाई मेटाएर नयाँ पासवर्ड तपाईंको एकाउन्टमा राखिदिन्छ । त्ययसपद्धि एकपटक फेरि लक बटर्नमा क्लिक गर्नुहोस् ।
तपाईंसँग स्यामसङ मोबाइल छ भने ‘फाइन्ड माइ मोबाइल’को मद्दत लिन सक्नुहुन्छ । आफ्नो स्यामसुङ एकाउन्टलाई लगइन गर्नुहोस । स्क्रिनको बायाँ तर्फ ‘लक माइ स्क्रीन’मा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो नयाँ पिन राख्नुहोस् र स्क्रिनको तल्लो हिस्सामा रहेको लकमा क्लिक गर्नुहोस् । त्यसको १४ मिनेटपछि तपाईको पुरानो पासवर्डको ठाउँमा नयाँ पिनले काम गर्न सुरु गर्नेछ ।

यदि तपाईंले सामसङ एकाउन्ट सेट अफ गर्नुभएको छैन भने यसले काम गर्दैन । तर एउटा विकल्प हुन सक्छ ‘फरगट प्याटर्न’ मा क्लिक गर्नुहोस् । यो एन्ड्रोयड ४.४ वा यो भन्दापहिलेको मार्ट फोनमा काम गर्छ ।पाँच पटकसम्म कोसिस गरेपछि तपाईंको स्क्रिनमा एउटा म्यासेज आउँछ जसले भन्छ, ‘ट्राइ अगेन इन ३० सेकेन्ड्स’ । त्यहि समयमा तपाईंको मोबाइलको तल लेखिएको हुन्छ ‘फरगट प्याटर्न’ त्यहाँ तपाईंको गुगल एकाउन्टको बारेमा जानकारी दिएर लगइन गर्नुहोस् ।

त्यसपछि तपाईंको इमेलमा गुगलले अनलक प्याटर्न पठाउनेछ या त्यसै समयमा नयाँ प्याटर्न बनाउन सक्नुहुनेछ ।
यदि तपाईं चाहानुहुन्छ भने आफ्नो पासवर्ड फाइल डिलिट गर्न सक्नुहुनेछ त्यसपछि स्मार्ट फोनले एक मिनेटपछि काम गर्नेछ । तपाईंको मोबाइलमा पहिलैदेखि यूएसबी डिबगिङ्ग इनेबल गर्नुभएको भए यसले काम गर्छ त्यसको लागि आफ्नो कम्पुटरसँग स्मार्टफोन केवलमार्फत जोड्नुपर्छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।