0 COMMENTS

 युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले गरेको अध्ययनले तपाँको गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा पत्ता लगाउन सकिने भएकाेछ । यसक लागि भिडियो एक्सरे वा डाक्टरकाे सहयाेग अावश्यक पर्दैन। जो चाहि सुँघेर नै थाहा पाउन सकिन्छ ।

उक्त अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरीरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ भने छोरी भएको अवस्थामा अर्कै प्रकारको गन्ध आउँछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोरालाइ जन्म दिँदैछिन् वा छोरी भन्ने थाहा हुन्छ ।

लीमर प्रजातिको बाँदरमा पहिलाे परीक्षण

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परीक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् ।
यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ ।
गर्भावस्थाका बेलामा महिलाको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढी मात्रामा हुने गर्दछ ।

छोरा छ भने तेज गन्ध
गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

मानिसहरुमा पनि यस्तै सम्भव
लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा/छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।